एमएडब्लु इन्टरप्राइजेजले सोमबारबाट बाराको जितपुरमा नयाँ डिलर सुरु गरेको छ ।
एमएडब्लुले आजम इन्टरप्राइजेजमार्फत ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको कम्पनीले जनाएको छ ।
बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरप्रतिको आकर्षण हेरी डिलरसिप सुरु गरिएको कम्पनीको भनाई छ।
शोरुमको उद्घाटन जितपुर सिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले गरेका थिए।
आजम इन्टरप्राइजेजबाट ग्राहकले यामाहाका लमोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनेन्सको सुविधा पाउने कम्पनीको दावी छ।
यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ। स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन्।
मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् ।
यामाहाले भर्खरै एफजीएस एफआई डबल डिस्क पनि बजारमा ल्याएको छ। साथै, फेजर प्लेटफर्मको फेजर२५ले राइडरलाई आकर्षित गरिरहेको छ जनाइएको छ।
एमएडब्लुले नाडा अटो सोमार्फत आर१५ भी३, एक्सटिजेड र रे जेडआर स्ट्रिट ¥याली गरी तीन वटा नयाँ मोडेल सार्वजनिक गरेको थियो।
यामाहाले दसैंतिहारको अवसरमा नयाँ ग्राहक योजना ल्याएको छ, जसमा मोटरसाइकल तथा स्कुटर किन्नेले सात हजारदेखि १ लाखसम्म नगद छुट स्क्र्याचमार्फत पाउने कम्पनीले जनाएको छ। साथै, हरेक साता एक जनाले यामाहा आर३ जित्न बताइएको छ।
एमडब्लु इन्टरप्राइजेज नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता हो