स्याङयोङ गाडीको नेपालका लागि आधिकारिक वितरक आइएमएस मोटर्सले पोखराको बुद्धचोकमा नयाँ सोरुमको स्थापना गरेको छ। यहि अवसर पारेर स्याङयोङले ‘स्याङयोङ अनबिटेबल अफर’ समेत ल्याएको छ।
‘स्याङयोङ अन्बिटेबल’ अफर अन्तर्गत पोखरा स्थित स्याङयोङका ग्राहकलाई पूर्व बजेट मूल्य तोकिएको छ। पुर्ब बजेट मुल्यमा ५ लाखसम्मको छुट, प्रत्येक स्याङयोङ गाडीको खरिदमा सामसङ ग्याल्याक्सी नोट ९ क्राउन, एक्सचेन्जको सुबिधा दिइने कम्पनीले जनाएको छ।
तिबाहेक ३ वर्षको वारेन्टी (६०,००० किमी सम्म), सुलभ इ एमआइ, १ बर्षको निशुल्क रोड ट्याक्स, १ बर्षको निशुल्क बिमा, ५ बर्ष निशुल्क सर्भिसिङ, २५ हजार रुपैयाँसम्मको एससोरिज निशुल्क लगायतका सुविधा दिइने आइएम एस गु्रपका प्रमुख कार्यकारी निर्देशक दिकेश मल्होत्राले जानकारी दिए।
स्याङयोङ, दक्षिण कोरियाको उन्नत एसयूभी ब्रान्ड ओटोमोबाइल निर्माता हो।