सिटी एक्सप्रेस मनी ट्रान्सफरले मृगौला पीडितलाई खार्थिक सहयोग उपलब्ध गराएको छ।
सहयोग सिटी एक्सप्रेस इराकका प्रतिनिधि विनोद श्रेष्ठ, अभियन्ता मेन्दो गोले र नेपाली समाज सुलेमानी लगायतको संयुक्त पहलमा गरिएको सिटी एक्सप्रेसले जनाएको छ।
फुडोमा तामाङको मृगौला प्रत्यारोपणको लागि २ लाख १६ हजार ५ सय ४१ रुपैयाँ रकम संकलन गरिएको हो ।
रकम सिटी एक्सप्रेसको ब्राण्ड एम्बेसडेर सिताराम कट्टेल(धुर्मुस) को हातबाट पीडितलाई हस्तान्तरण गरिएको हो।