टिभिएस मोटर कम्पनीको प्रिमियम मोटरसाइकल ब्रान्ड अपाचेले विश्वभर ३० लाखको बिक्री संख्या पुरा भएको अवसरमा नेपालमा र्याली गरेको छ।
आइतबारबाट र्याली सुरु भएको हो। र्याली सुरु हुनुअघि जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहील अग्रवालले टेकुको शोरुम उद्घाटन गरे।
६ अन्तर्राष्ट्रिय चालकसहित गएको टिभिएस अपाचेको र्याली काठमाडौँ, पोखरा र चितवन भई कम्तीमा ५ सय किमीको यात्रा गरी काठमाडौँमा फर्किएको हो।