स्ट्रिट बाइक च्याम्पियनसीप ‘नेपाल रोड रेसिङ च्याम्पियनसीप ’ प्रतियोगिता सम्पन्न भएको छ। प्र्रतियोगिता २०० सिसी तर्फ प्रशान्तजङ कार्की र १५० सिसी तर्फ विवेश श्रेष्ठले जितेका छन्।
च्याम्पियनसीपमा २०० सिसीतर्फ आशुतोष धन्जु फस्र्ट रनर अप र सुजन थापा सेकेन्ड रनर अप भए। त्यस्तै, १५० सिसी तर्फ आशिक लामा फस्र्ट रनरअप र पविन कार्की सेकेन्ड रनरअप भए।
२०० सिसी क्याटागोरीमा बेस्ट राइडर रवि साह, मिस्टर प्रोपर सेफ्टी गियर्स गौराङ प्रताप सिंह र मिस्टर पब्लिक च्वाइस राजकुमार कार्की भएका छन्। त्यसैगरी १५० सिसी क्याटागोरीमा बेस्ट राइडर च्यान्जी राजा जोशी, मिस्टर प्रोपर सेफ्टी गियर्स रितेश श्रेष्ठ र मिस्टर पब्लिक च्वाइस निसान न्यौपाने भएका छन् ।
मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको सो च्याम्पियनसिपलाई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा)का साथै नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ)को समेत समर्थन रहेको थियो।
रेसिङ प्रतियोगितामा १५० र २०० सिसीका स्ट्रिट बाइक कुदाइएका थिए। ६ सय मिटरको ट्रयाकमा फाइनल प्रतियोगिता ५ ल्यापमा सम्पन्न भयो । प्रतियोगिताको २०० सिसी क्याटागोरीमा ४७ जना र १५० सिसी क्याटागोरीमा ४८ जना राइडरको सहभागिता थियो ।
प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १० हजार नगद पुरस्कार साथै शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।विजेतामध्ये एक जना एसिया रोड रेसिङ च्याम्पियनसीपमा सहभागी हुने छ।
टिभीएस अपाचे आरटीआर सिरिजको मूख्य प्रायोजनमा सम्पन्न प्रतियोगिताका सहभागीलाई टिभीएसका बाइकमा २० हजार रुपैयाँ छुट प्रदान गरिनुका साथै एक्सचेन्ज सुविधा पनि रहेको जनाइएको छ।