नेपालका लागि हुन्डाई गाडिको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टलले एकै छानामा सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्य सहित बिरगंजमा ‘थ्री एस’ सेन्टर संचालनमा ल्याएको छ।
कम्पनीले आफ्नो डिलर आर्किड मोटोकर्पको संयोजकत्वमा नयाँ सेन्टर संचालन गरेको हो। सो सेन्टरको विन्देश्वर प्रसाद शाह र लक्ष्मी ईन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकर श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे। बिरगंज र वरपरका क्षेत्रमा रहेको बढ्दो हुन्डाई गाडीको मागलाई मध्यनजरमा राखी सो डिलरसिपको स्थापना गरिएको श्रेष्ठले जानकारी दिए।
कम्पनीका अनुसार सेन्टरको शोेरुममा ३ देखि ४ वटा सम्म गाडि डिस्प्ले हुनेछ। उत्कृष्ट तालिम प्राप्त प्राविधिक खटिने शोरुममा एयर कन्डिसन र वाइफाइ सुविधायुक्त कस्टमर लाउन्ज रहनेछ।
सेन्टरमा प्रति महिना ३०० वटा सम्म गाडिलाई सेवा दिने क्षमता रहेको कम्पनीले जनाएको छ। साथैसेन्टरमा प्रशस्त हुण्डाई जेनुइन् पार्ट्स पनि उपलब्ध हुने बताइएको छ।
लक्ष्मी ईन्टरकन्टिनेन्टलले उपत्यका बाहेकका ठाउँमा सेवा प्रदान गर्ने लक्ष्य सहित काठमाडौं, पोखरा, नारायणघाट, बुटवल, दाङ, बिर्तामोड, जनकपुर, बिराटनगर, धनगढी, इटहरी, नेपालगञ्ज र बिरगंज जस्ता प्रमुख शहरहरुमा १४ वटा डिलरसिप स्थापना गरिसकेको छ।