एमएडब्लू इन्टरप्राइजेजले स्याङ्जाको वालिङमा नयाँ शोरुम सुरु गरेको छ ।
शोरुम स्थापनापछि यामाहाका दुईपाँग्रे सवारी खरिद तथा सर्भिस गर्न टाढा जानुनपर्ने ओशो ट्रेड्सका प्रबन्ध निर्देशक रामजी पौडेलले बताए। एमएडब्लुले ओशो ट्रेडमार्फत ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्) को सुविधा सुरु गरेको हो।
कम्पनीकाअनुसार स्याङ्जा र आसपासको क्षेत्रमा बढ्दै गएको यामाहाको लोकपृयतालाई ध्यानमा राख्दै डिलर सुरु गरिएको हो। शोरुमको उद्घाटन स्याङ्जा नगरपालिकाका उपमेयर कल्पना तिवारीले गरे ।
ओशो ट्रेड्सबाट यामाहाका मोटरसाइकल र स्कुटर ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनान्स सुविधा रहेको कम्पनीले जनाएको छ। यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ।
यामाहाको स्कुटरमा फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन्। मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो रहेका छन्।यामाहाका एफजीएस एफआई डबल डिस्क पनि बजारमा छन्।
एमएडब्लुले नाडा अटो सोमार्फत आर१५ भी३, एक्सटिजेड र रे जेडआर स्ट्रिट ¥याली गरी तीन नयाँ मोडेल सार्वजनिक गरेको थियो। यामाहाका मोटरसाइकल र स्कुटर प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित रहेको जनाइएको छ।
यामाहाले दसैंतिहार योजना ल्याएको छ। योजनामा यामाहाका मोटरसाइकल तथा स्कुटर किन्नेले स्क्र्याचमार्फत सात हजारदेखि १ लाखसम्म नगद छुट पाउने छन्। साथै, हरेक साता एक जनाले यामाहा आर३ पाउनसकिने कम्पनीको भनाइ छ।