हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले राजमार्गका विभिन्न ठाउँमा फ्रि चेकअप क्याम्प स्थापना गरेको छ। ‘हुन्डाई हाइवे एस्युरेन्स’मार्फत कम्पनीले आफ्ना ग्राहकलाई सेवा दिने जनाएको हो।
दसैँमा हुन्डाई गाडीमा घर फर्कदै गरेका ग्राहकले गाडीको निशुल्क चेकअप गर्नुका साथै लुब्रिकेन्ट तथा कुलेन्टको मात्रा कम भएमा निशुल्क थप गर्न पाउने छन्।
राजमार्गका बिर्तामोड (काँकड्भित्ता रोड), इटहरी (मिलन चोक), जनकपुर (ढल्केबर), सिद्धार्थ रिसोर्ट (चुम्लिङ्गटार, कुरिनटारबाट ५ कि.मी. उत्तरतर्फ), भरतपुर (बाल मन्दिर चोक), चौराहा (बुटवल), कोहलपुर चोक, धनगढी रोड (अतरिया) मा क्याम्प स्थापना गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार असोज २९ देखि ३१ गतेसम्म, बिहान १० बजेदेखि साँझ ६ बजेसम्म यो सेवा संचालन हुनेछ।