हानकुक टायरले एलएच सर्भिसेस र स्पेयर पार्टस्लाई नेपालका लागि आधिकारिक विक्रेता नियुक्त गरेको छ।
हानकुकले विश्वव्यापी रुपमा आटोमोटिभस् तथा सहायक बस्तु वितरण गर्दैआएको जनाएको छ।हानकुक टायरमा उच्च इन्धन क्षमता, कम झ्ट्का, राम्रो आवाज, आकर्षण रहेको कम्पनीको दावी छ।
एलएचले हाल इन्डोनेसिया र कोरियामा आधारित दुई कारखानाबाट हानकुक टायर आयत गरिरहेको जनाएको छ ।२०१८ देखि हानकुक टायरले लक्ष्मी समुहसँग मिलेर नेपाली बजारमा सामान उपलब्ध गराउँदै आएको छ।
एलएच सर्भिसेस र स्पेयर पार्टस् लक्ष्मी समुह अन्तर्गतका कम्पनी हुन।