दाङ जिल्लामा सञ्चालन हुँदै आएका अटो तथा टेम्पोहरूको भाडादर मंगलबार निर्धारण गरिएको छ।
यातायात व्यवस्था समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले भाडादरमा एकरूपता ल्याउन नयाँ भाडाडर कायम गर्ने निर्णय गरेको हो।
लामो गृहकार्यपछि दाङमा सञ्चालन हुँदै आएका अटो तथा टेम्पहरूको भाडादरमा एकरूपता ल्याउने प्रयास गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख मदन कुँवरले बताए।
मंगलबार घोराहीमा बसेको यातायात व्यवस्था समितिको बैठकले दाङको नारायणपुर, घोराही र लमही क्षेत्रमा सञ्चालनमा रहेका अटो तथा टेम्पोहरूको भाडादर निर्धारण गर्नुका साथै मंगलबारदेखि नै लागु गर्ने निर्णय भएको कुँवरले जानकारी दिए। दाङको प्रमुख सहर तुलसीपुर, भालुवाङका विषयमा भने कुनै निर्णय भएको छैन ।
यसअघि टेम्पो तथा अटोहरूले मनोमानी रूपमा भाडा असुलेको व्यापक जनगुनासो थियो।
नयाँ निर्धारण गरिएको भाडादरमा स्थान अनुसार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम प्रतिव्यक्ति १ सय रुपैयाँसम्म भाडादर निर्धारण गरिएको छ ।
(सूचीसहित)