१० थान आईसरको बस रिद्धिसिद्धि यातायतद्धारा संचालनमा ल्याईएको छ ।
बसहरु गुणस्तरीय, कम्पनी बडी विल्ड, माईलेज, आरामदाई सिट र टिल र टेलिस्कोपिक स्टेरिंग भएकाले संचालनमा ल्याइएको रिद्धिसिद्धि यातायातले जनाएको छ। यसले ब्यापारी, यात्रु दुवैलाई फाइदा हुने रिद्धिसिद्धि यातायतका अध्यक्षले दावी गरे।
बस सेवा टौदहदेखि चोभार, मेडिसिटि, नख्खु, एकान्तकुना, लगनखेल, जावलाखेल, त्रिपुरेश्वर, सुनधारा, जमल, सोह्रखुट्टे, बालाजुचोक, बाईस धारा, माछापोखरी सोह्रखुट्टे हुदैँ सोहि रुट फिर्ता हुनेछ ।