उपत्यकाका माइक्रो बसका चालक तथा सहचालकले अनिवार्य रूपमा पोशाक लगाउनु पर्ने भएको छ।
यातायात व्यवसायी महासङ्घ, ट्राफिक प्रहरी महाशाखा र माइक्रो बस व्यवसायीबीच आज बसेको बठैकले मङ्सिर १ गते (भोलि) देखि चालक तथा सहचालकले समेत पोशाक लगाउनु पर्ने निर्णय गरेको हो।
ट्याक्सी चालकलाई पोशाक लगाउने अभियान सफल भएपछि दोश्रो चरणमा माइक्रो बसमा पनि पोशाक लगाउने व्यवस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिब सरोज सिटौलाले जानकारी दिए।
भोलि दिउँसो १ बजे देखि एनएसीबाट यो अभियान सुरु हुने उनले बताए। ‘पोशाकले चालक तथा सहचालकलाई अझ जिम्मेवार बनाउनुको साथै विशेषगरी पर्यटक तथा यात्रुलाई पहिचान गर्न सजिलो हुन्छ’ सिटौलाले सेतोपाटीसँग भने।
यस अभियानमा सबै माइक्रो समितिको सहमति भएको सिटौलाले जानकारी दिए। चालकले लगाउने पोशाक सुन्तला रङको र सहचालकले लगाउने हरियो रङको छ।