टाटा मोर्टसको नेपालको लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले नयाँ गाडी 'नेक्सन क्राज'को बजारमा ल्याएको छ।
मल्टिड्राइभ मोडको विशेषता युक्त यस नयाँ गाडी शहरको व्यस्त सडक देखि लिएर राजमार्गमा समेत अत्यन्त सरल र रोमाञ्चक ढङ्गले चलाउन सकिने कम्पनीको दावी छ।
नेक्सनले आज नेपाली बजारमा सर्वाधिक विक्री हुने कम्प्याक्ट एसयुभीको रुपमा आफ्नो वेग्लै पहिचान बनाउन सफल भएको टाटा मोर्टसको प्यासेन्जर भ्याइकल यूनिट सम्बन्धि अन्तराष्ट्रिय व्यापारका प्रमुख सुजन रोयले दावी गरे।
‘ हामीले नेक्सनको अर्को आकर्षक संस्करण नेक्सन क्राजलाई मुख्यतः सक्रिय र साहासिक जीवनशैली रुचाउने नेपाली ग्राहकको आवश्यकता र मागलाई सम्बोधन गर्न ल्याएका हौँ,’
यसको २०९ मिलिमिटरको ग्राउण्ड क्लियरेन्सले नेक्सन क्राजलाई अरुभन्दा बढि सुरक्षित र आरामदायी बनाएको छ।
चार स्पिकरको इन्फोटेन्मेन्ट, अटोमेटिक, क्लाइमेट कन्ट्रोल, रिभर्स पार्कि, सेन्सर जस्ता अन्य उच्च स्तरको प्राविधिक विशेषता यस एसयुभी मोडेलमा पाइन्छ ।
कालो र हरियो रङ्गको समिश्रण भएको नेक्सन क्राज १२०० सिसि पेट्रोल र १५०० सिसि डिजेल इन्जिन क्षमतामा उपलब्ध छ।
यो गाडी क्राज र क्राज प्लस गरी दुई भ्यारिएन्टमा उपलब्ध छ। यसको सुरुवाती मूल्य डिजेल इन्जिनको ४३लाख ८५ हजार र पेट्रोल इन्जिनको ३९ लाख ९५ हजार कायम गरिएको छ।
मनमोहक बनावट र उत्कृष्ट कार्य क्षमताले गर्दा नेपाली उपभोक्ताको मन जित्ने कम्पनीको विश्वास छ।