सिप्रदी ट्रेडिङ प्रालि अन्तर्गतको सिप्रदीयन सहायता संस्थाले राष्ट्रव्यापी अटो प्राविधिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। मंसिर १ गतेदेखि ४ गतेसम्म देशभरका मुख्य मुख्य शहरका अटोमेकानिकहरुलाई निशुल्क प्रशिक्षण दिइएको थियो।
नैकाप, इटहरी, कोहलपुर, नेपालगन्ज, हेटौडा, बनेपा, धरान, सुर्खेत, पर्सा, चितवन, भक्तपुर दमक, दाङ, पोखरा, धादिङ, बिर्तामोड, भालुवाङ, चनौटा र बुटवल गरी २३ ठाउँहरुमा अटो प्राविधिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा नयाँ प्रविधिका गाडीहरुलाई बिना ल्यापटप कसरी चेक गर्ने, गाडीमा आएका समस्याहरु कसरी समाधान गर्ने लगायतका विषयमा सैद्धान्तिक तथा प्राविधिक ज्ञान दिइएको थियो।
यसका साथै कार्यक्रममा बि.एस.फोर गाडीहरुमा आएका नयाँ प्रविधि र यसमा आउने समस्या र सहज समाधानका उपायहरुका बारेमा बताइएको थियो। साथै नयाँ गियर बक्स ५५० सम्बन्धि प्रशिक्षण दिइएको थियो।
उक्त ४ दिने प्रशिक्षणमा देशभरी ८१६ जना अटो प्राविधिकहरुको उल्लेखनीय सहभागिता थियो। यसअघि सिप्रदी सहायताद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत अटो मेकानिक बन्न ईच्छुक युवाहरुलाई निशुल्क रुपमा ६ महिने तालिम दिइएको थियो। विभिन्न स्कूलहरुमा प्रशिक्षण र विद्यालयको सामग्री वितरण, सरसफाई कार्यक्रम, योग शिविर, स्वास्थ्य शिविर जस्ता कार्यक्रम सिप्रदीयन सहायताबाट हुँदै आएको छ।