नेपालको लागि हुन्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सुरुवात गरेको डिजिटल क्याम्पियन ‘हुन्डाई प्रेसियस मोमेन्ट’ को बिजेता घोषणा गरेको छ।
हुण्डाई शोरुम, थापाथलीमा बिहीबार आयोजित लक्की ड्र मार्फत विजेता छनौट भएका हुन्। तारिक मानान्धर, सुधिर एस जे बी राणा र अमित बनमालालाई बिजेता घोषणा गरिएको छ। यो प्रतियोगिता १४ अक्टोवर देखि १६ नोभेम्वरसम्म भएको थियो।
परिवारको अमूल्य क्षणहरु समेट्नको लागि हुन्डाई मोर्टसले यो प्रतियोगिता आयोजना गरेको थिया । यो प्रतियोगितामा भाग लिनको लागि सहभागिहरुले आफ्नो परिवार तथा मित्रजनहरुसँग अमूल्य क्षणहरु कैद गरी हुण्डाई मोट्र्सको आधिकारीक फेसबुक पेजमा पोष्ट गर्नुपर्ने थियो, जस मध्ये लक्की ड्र मार्फत बिजेता घोषणा गरिएको छ।
प्रतियोगिता अन्तर्गत तारिक मानान्धरले प्रथम पुरस्कारमा एक जोडिको लागि २ रात ३ दिनको कसारा रिसोर्ट, चितवनमा बसाई जित्न सफल भए। त्यस्तेै दोस्रो पुरस्कारमा राणाले कुलप्याड कुल १ र बनमालाले तेस्रो पुरस्कारमा कुलप्याड मेगा २. ५ डी जित्न सफल भए। प्रतियोगितामा ५०० ले सहभागिता जनाएका थिए।