महिन्द्रा गु्रप अन्तर्गतको महिन्द्रा पावरले विभिन्न रेन्जका डिजेल जेनेरेटर बजारमा ल्याएको छ। कम्पनीले ५ kVA , २५० kVA र ३२० kVAका डिजल जेनेरेटर बजारमा ल्याएको हो।
२५०– ३२० केभिए सम्मका जेनेरेटरहरुमा महिन्द्राका एमपावर सिरीज इन्जिन ( mPower series engine ) लगाइएको कम्पनीले जनाएको छ।
महिन्द्रा रिसर्च केन्द्रमा गरिएको अनुसन्धान र चकन प्लान्टमा निर्मित नयाँ रेन्जका जेनेरेटरहरुमा mPOWER सिरिज तथा नयाँ प्रविधिका CRD इन्जिनहरु छन्।जेनेरेटर सहजै एक स्थानबाट अर्को स्थानमा लैजान सकिने कम्पनीको भनाइ छ।
यसमा प्रयोग भएको इन्जिनले वातावरण प्रदुषण हुनबाट समेत जोगाउँने कम्पनीको दाबी छ। यति कम्पनीका अनुसार प्रविधिको प्रयोगले ग्राहकलाई सञ्चालन खर्च पनि कम लाग्छ।डिजेल जेनेरेटर सेटहरु नेपालभर रहेका कम्पनीका आधिकारिक सञ्जाल मार्फत खरिद गर्न सकिनेछ ।