टाटा मोर्टसको अधिकृत बिक्रेता सिप्रदीले मंसिर १२ देखि १४ गते सम्म ‘ग्लोबल सर्भिस क्याम्प’ संचालनमा ल्याएको छ ।
क्याम्प गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिन आयोजना गरिएको कम्पनीले जनाएको छ। क्याम्प, विश्वभरि ४६ देशमा र नेपालका ३८ विभिन्न स्थानमा आयोजना गरिएको छ।
क्याम्प अन्तर्गत टाटा मोटर्सका सम्पूर्ण डिलर एवमं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण जाँच गरिने जनाइएको छकम्पनीका अनुसार क्याम्पमा चालकका लागि नयाँ प्रविधि एवम् सुरक्षित ड्राईभिङ सम्बन्धी निःशुल्क तालिम, टाटाको पार्टस्मा विशेष छुट, निःशुल्क लेबर चार्ज, आकर्षक उपहार, लुब्रिकेन्टसमा आकर्षक अफर, रहनेछन्।
कार्यक्रमको उद्घाटन टाटा मोटर्स् कमर्सियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्रा तथा सिप्रदीका कार्यकारी अध्यक्ष सिद्धार्थशमशेर जबराले गरे।
सिप्रदीले यसै अवसरमा टाटा मोटर्सको नयाँ प्रश्तुति TATA Winger मिनी बसको उद्घाटन गरेको छ। क्याम्पमा एक्साईड ब्याट्री, मिसेलिन, सिप्रदी अटोपार्टस्, म्याक ल्यूब्रिकेन्टस, शिखर इन्स्योरेन्स, एपोलो टायर आदि ब्रान्डहरुले सहभागिता जनाएका थिए।टाटाले १ वर्ष भित्र एक हजार बढी गाडी बिक्री गरेको कम्पनीको दाबी छ।