ओप्पाले आफ्नो प्रिमियम आरसिरिजको स्मार्ट फोन नेपाली बजारमा ल्याउने भएको छ।
आर सिरिजलाई उपाभोक्ताको आवश्यकता र ईच्छालाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीको भनाइ छ।कम्पनीको नयाँआर–सिरिज फोन आर१७मा कम्पनीले ¥याडियन्ट मिस्ट डिजाइन, वाटरड्रप स्क्रिन र हिडन फिङ्गर प्रिन्ट अनलक, सुपरभोक फ्ल्याशचार्जका साथै एफ
१.५ एफ २.४ स्मार्ट एपर्चर र टीओएफ थ्रीडी प्रविधि सहितको ट्राइ क्यामेरा कम्बिनेशन पनि उपलब्ध गरिएको छ। यस बर्ष ओप्पोले आर सिरिज पछाडिको अर्थपनि प्रस्ट्याउने योजना बनाएको छ । कम्पनीका अनुसार आर सिरिजमा आरको अर्थ रियल, रिभोल्यूशन र रिफर्म तथा पुनरजागरणको प्रक्रिया हो। क्रान्ति र पुनरजागरण अपनाउँदै नयाँ सम्भावनातिर अग्रसर हुन सबै भन्दा पहिले आफू आफैसंग सच्चा र आत्मविश्वासी हुनु आवश्यक छ।
फोटोग्राफीमा आर–सिरिजले मितब्ययी मूल्यमा उत्कृष्ट क्यामेरा क्षमता उपलब्ध गराएको कम्पनीको दाबी छ। तस्विरलाई जीवन्ततादिने सोचका साथमाफुल स्क्रिन डिस्प्ले र सुपर फुल स्क्रिन जस्ता फिचर पनि फोनमा रहेको कम्पनीले बताएको छ।