नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित सुपर स्पोर्टस् बाइक आर १५ (भर्सन ३.०) सार्वजनिक गरेको छ। नयाँ सुपर स्पोर्टस् मोडेलमा १५५ सीसी, लिक्विड–कुल्ड, ४– स्ट्रोक, ४–भल्भ र फ्युल इन्जेक्टेड इन्जिन छ।
त्यस्तै ‘भेरिएबल भल्भ एक्च्युएसन’ (भीभीए) र ‘असिस्ट एन्ड स्लिपर’ (ए एन्ड एस) क्लच जस्ता प्रविधि जडान गरिएको छ। सन् १९९८ मा आर १ लन्च भएपछि सुरु भएको रेसिङ विरासतलाई निरन्तरता दिँदै यामाहाले नयाँ आर १५ भी ३ आधुनिक विशेषतामा ल्याएको हो।
यसमा अधिकतम कम्प्रेसन रेसियो भएको १५५ सिसीको इन्जिन जडान गरिएको छ जसले १० हजार आरपीएममा १९.३ पीएसको पावर र साढे ८ हजार आरपीएममा १५ एनएम टर्क उत्पन्न गर्छ। नयाँ आर१५ भी३को प्रारम्भिक मूल्य चार लाख १९ हजार नौ सय तोकिएको छ।
आर१५ को नयाँ संस्करणमा यामाहाले क्रान्तिकारी ‘भीभीए सिस्टम’ समावेश गरेको छ, जसले तल्लो र मध्यम आरपीएममा पनि टर्कमा कुनै सम्झौता नगरी अधिकतम शक्ति उत्पन्न गर्न मद्दत गर्छ। यसले पर्फमेन्सलाई अझ दमदार बनाइदिन्छ। त्यसैगरी, ‘ए एन्ड एस क्लच’ले गियर डाउन गर्ने प्रक्रियालाई सहज र आरामदायी बनाउँछ।
१३९ केजी वजन र १७० एमएम उच्च वजन भएको आर१५ भी३लाई फुल डिजिटल ड्यासबोर्ड, एलइडी हेडलाइट र टेललाइटले थप विशेष बनाएको छ। साथै, ‘एग्रेसिभ राइडिङ पोजिसन‘ र चौडा टायरले राइडिङमा थप उत्साह प्रदान गर्छ।
‘आर१५ भी३ले पर्फमेन्स, डिजाइन र इनोभेसन जस्ता यामाहाका मुल सिद्धान्तलाई अवलम्बन गर्दै विश्वस्तरीय नयाँ उत्पादनको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्छ,’ एमएडब्लु इन्टरप्राइजेजका सीइओ चिरञ्जीवी शाहले भने ‘आर१५ भी३ले लोकप्रिय १५० सीसीको सेग्मेन्टमा यामाहाको उपस्थितिलाई दमदार बनाउनुका ब्रान्ड भ्यालुलाई नयाँ उचाइमा पुर्याउने छ।’
यामाहाको आर सिरिजले मोटो जिपी जस्ता धेरै रेसिङ प्रतियोगिताहरु जितेर रेकर्ड राखिसकेको बताउँदै उनले यही सिरिज अन्तर्गतको यस उत्पादनले ग्राहकलाई रेसिङ ट्रयाकमा चलाएको अनुभव दिलाउने दावी गरे।
आर१५ भी३ स्पेसिफिकेसन
इन्जिनः
– ५८ एमएम X ५८.७ एमएमको नयाँ बोर एक्स स्ट्रोक रेसियो र उच्च कम्प्रेसन रेसियो भएको १५५ सीसीको ठूलो इन्जिन
– लामो समयसम्म टिक्ने उच्च गुणस्तरको एलुमिनियम पिस्टन र डायसिल सिलिन्डर
– ५.५ लिटरको एअर क्लिन (जुन अघिल्लो पुस्ताको भन्दा ६० प्रतिशतले ठूलो छ), ३० एमएमको ठूलो इन्टेक पोर्ट र भल्भ डिजाइन
– पम्पिङ लस घटाउने र पावर बढाउने नयाँ डिजाइनको क्र्यांक केस भेन्ट
– चाँडै इन्जिनलाई वार्म–अप गर्ने प्रविधि
– नयाँ डिजाइनको मफलर
स्टाइल/डिजाइन
– आर१ र आर६बाट प्रभावित डिजाइन र स्टाइल
– ब्युटी र स्पिडको संयोजनलाई झल्काउने ग्राफिक्स
– आर१ को झल्को दिने फ्रन्ट फेस
– एयरफ्लोलाई भिजुअल फर्म दिने फेरिङहरु
– पर्फमेन्स र ह्यान्डलिङलाई प्रतिविम्बित गर्ने सिलहट
– गियरबारे जानकारी दिने इन्डिकेटर
– एग्रेसिभ लुक भएको ककपिट र १८ प्रकारको सूचना दिने इन्स्ट्रयुमेन्ट कन्सोल