नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाइ एक्सचेन्ज गर्ने क्रार्यक्रम ल्याएको छ ।
क्रार्यक्रम मंसिर २० गते बिहान १० बजे देखि साझँ ६ बजे सम्म हुने कम्पनीले जनाएको छ।अफरमा ग्राहकले आफ्नो पुरानो सवारी साँटेर नयाँ लिनसक्ने कम्पनीले जनाएको छ।
एक्सचेन्ज अफरका साथै स्पोट एक्सचेन्ज, भ्यालसएसन,, इजी फाइनान्स, र बिमा, क्यास डिस्काउन्ट सँगै १५ हजार बरावरको एक्सचेन्ज बोनस१ लाख ५० हजार रुपैयाँ सम्म साथै ४ बर्षका े फ्रि सर्भिस ३ बर्षको वारेन्टी र हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार प्रदान गरिने कम्पनीको भनाइ छ।
कार्यक्रमले ग्राहकलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्न अवसर दिने कन्टिनेन्टलका महाप्रवन्धक रुपेश शर्मा भट्टको भनाइ छ।