फोर्डले नयाँ गाडी ‘द अल निउ रेन्ज रिपोर्टर’ लन्च भरको छ। बजारमा यो गाडीको मूल्य १ करोड २३ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
जिओ अटोमोवाइल्सले हात्तीवन रिसोर्ट, फर्पिङमा गरेको पफोर्ड वाइल्र्डनेस गेट अवे कार्यक्रममा गाडी लन्च गरिएको हो।
फोर्ड गाडीहरुको क्षमता र शक्तिलाई ध्यानमा राखेर यो कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
टेष्ट ड्राइभका लागि फोर्डका विभिन्न गाडीहरु फोर्ड Raptor, Ranger, Freestyle, Ecosport, / Endeavour प्रयोगमा ल्याइएको थियो।
आयोजकका अनुसार पाँच सय भन्दा बढी सहभागी भएको यो कार्यक्रममा मनोरञ्जनका लागि निशुल्क खेल र खाजाको साथ माउन्टेन बाइक कन्टेष्ट, ट्री क्लाइम्बिङ र जीप लाइनपनि उपलब्ध गराइएको थियो।
जि.ओ अटोमोवाइल्सले सम्भावित ग्राहकलाई फोर्ड गाडीको अनुभव गराउन यस अघि पनि यस्तै धेरै कार्यक्रमहरु सञ्चालन गरेको थियो् ।
जिओ अटोमोवाइल्सको वाइल्र्डनेस गेट अवे कार्यक्रम ग्राहकलाई फोर्डको कार्यक्षमता र जस्तो पनि बाटोमा चल्न सक्ने क्षमता देखाउने प्रयास रहेको आयोजकले जनाएको छ।