सरकारले यातायात सिन्डिकेड अन्त्य गर्ने कदम चाल्दा निकै चर्चा कमाएको मयुर यातायात प्रालीले आफ्नो सेवा विस्तार गरेको छ।
यस अघि राजधानी र काभ्रे आसपास मात्र सिमित मयुर यातायातले आफ्नो सेवालाई विस्तार गर्दै ओखलढुङ्गा र रामेछापमा पुर्याएको छ।
सो क्षेत्रको लागि ३ वटा गाडीबाट सेवा सुरु गरिएको मयुर यातायातका सचिव रामबहादुर केसीले जानकारी दिए।
‘यो हाम्रो परीक्षण हो, यसपछि देशभर मयुर यातायात चलाउने हाम्रो लक्ष छ।’ केसीले सेतोपाटीसँग भने। मयुर यातयातको सेवालाई शहरी क्षेत्रमा मात्र नभई गाँउ – गाँउमा संचालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए।