सेल्फी एक्सपर्टको रूपमा परिचित ‘ओप्पो’ ले नेपालमा राम्रो बजार पाएको छ।
यो चिनीयाँ ब्राण्डको स्मार्टफोन हो। ओप्पोको ‘ए’ र ‘एफ’ सिरिजका फोनले बजारमा राम्रो उपस्थिति देखाएको छ। कम्पनीले पहिलो पटक नेपाली बजारमा ‘आर’ सिरिजको फोन भित्र्याएको छ। आर सिरिज अन्तर्गतको पहिलो फोन ‘आर१७ प्रो’ हो।
ग्राहकको माग बमोजिम विशेषगरि उपभोक्तालार्ई रातिका समयमा पनि गुणस्तरीय फोटो दिने उद्देश्यले ‘आर१७ प्रो’ ल्याएको कम्पनीका पब्लिक रिलेसन म्यानेजर सुरज महर्जनले जानकारी दिए। उनका अनुसार यो स्मार्ट फोन तुलनात्मक रूपमा महङ्गो छ।
क्रिसमस र नयाँ वर्षलाई लक्षित गरी डिसेम्बर १५ मा सार्वजनिक गरिएको यो फोनमा के के छन् विशेषता?
डिजाइन तथा विल्डक्वालिटी
यो स्मार्टफोनमा प्रकाशलाई उपकरणको माथिल्लो बहन सघाउने लाईट कन्डेसिनङ तह सहित नयाँ अवधारणामा आधिरित ‘थ्री कलर र बाई÷क्वाड डिरेक्सन’ को ग्राण्डियट डिजाइन प्रयोग गरिएको छ।
यस फोनमा ६.४ इञ्चको एफएचडिओ फुल स्क्रिन रहेको छ। जसले गर्दा उपभोक्ताले मनोरञ्जनका साथ गेम खेल्न सक्छन्। यसमा प्रयोग गरिएको कोरिला ग्लासले फोन झरिहाल्दा पनि हत्तपत्त फुट्नबाट बचाउँछ।
यो स्मार्टफोन मिस्ट रङगमा उपलब्ध रहेको छ।
गुणस्तरीय फोटोग्राफी
गुणस्तरीय फोटोग्राफी दिनु यसको स्मार्टफोनको मुख्य विशेषता रहेको छ। यसमा नाइट फोटोग्राफीलाई ध्यान दिएर त्यसै अनुरूपको हार्डवेयर तथा सफ्टवेयर गरिएको छ। यस फोनमा प्रयोग गरिएको एआई अल्ट्रा क्लियर ईञ्जिनले फोटोलाई गुणस्तरीय बनाउने काम गर्दछ।यसमा उपभोक्ताले नदेखिने गरि अगाडि नै फिङ्गर प्रिन्ट जडान गरिएको छ।
यसमा पानीको थोपा आकारको डिस्प्ले नोट्च प्रयोग गरिएको छ।
फर्ममेन्स तथा ब्याट्री
यस स्मार्टफोनमा मुख्य क्यामेराको रूपमा सोनी आईएमएक्स३६२ को प्रयोग गरिएको छ। फोनको पछिल्तिर जडान गरिएको तीनओटा क्यामेराले गुणस्तरीय फोटो खिच्न सघाउँछ। प्रयोगकर्तालाई सुरक्षित तवरले चार्ज गर्न सघाउन सुपरभोक फ्ल्यास चार्जिङ प्रविधि जडान गरिएको छ। यसले करिब १० मिनेटमा ४० प्रतिशत ब्याट्री चार्ज गर्ने क्षमता दिन्छ।
डुअल–सिम (नानो) प्रयोग गरिएको ओप्पो आर१७ प्रो मा एण्ड्रोइड ८.१ ओरियोमा आधारित कलर ओएस ५.२ सञ्चालन प्रणालीको प्रयोग गरिएको छ । यसमा ९१.५ प्रतिशत एस्पेक्ट रेसियो सहितको ६.४ ईञ्च फुल–एचडी डिस्प्ले छ ।
त्यसैगरी, फोनमा ८ जीबी ¥यामका साथै ओक्टा–कोर क्वालकम स्न्याप ड्रयागन ७१० एसओसी प्रोसेसरको प्रयोग गरिएको छ।
फोनमा रहेको ट्रिपल रियर क्यामेरा सेट अपमा एफ १.५–२.४ एपर्चर सहितको १२ एमपी सेन्सर, एफ,२.६ एपर्चर सहितको २० एमपी सेन्सर र तेस्रो सेन्सरका रुपमा टीओएफ थ्रीडी स्टेरियो क्यामेरा जडान गरिएको छ ।
पाइने ठाउँ तथा मूल्य
ओप्पो आर१७ प्रो नेपालका प्रमुख शहरमा पाइन्छ। यसको मूल्य नेपालमा ८९ हजार ९ सय ९० रहेको छ।