नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले क्रिसमस तथा नयाँ वर्ष २०१९ मा ‘ड्याट्सन बोनान्जा अफर’ सार्वजनिक गरेको छ ।
योजना अन्तर्गत ड्याट्सन गाडी खरिदमा अधिकतम १ लाख ९० हजारको छुट, १ लाख १० हजार बराबरको निःशुल्क एक्सोसरिज र २ वर्षको स्वास्थ्य बीमा योजना रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार योजनामा ग्राहकले ड्याट्सन गाडीको खरिदमा विभिन्न उपहारहरु प्राप्त गर्न सक्ने छन। साथै लायल्टी बोनस, फाइनान्सिङ्ग सुविधा, आकर्षक उपहार, १ वर्षको गाडीको निःशुल्क इन्स्युरेनस, ३ वर्षसम्मको वारेन्टी, साथै एक्स्चेन्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीलाई नयाँ ड्याट्सनसँग साट्न सक्ने छन। कम्पनीले हरेक गाडीमा सहज फाइनान्सको सुबिधा दिएको कम्पनीको भनाइ छ।