टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बढ्दो टुर र ट्राभललाई लक्षित गरेर नयाँ वीङ्गर मिनी बस बजारमा ल्याएको छ।
३० लाख ८० हजारबाट मूल्य सुरु हुने यो मिनीबस काठमाडौं, इटहरी र बुटवल गरी तीन शहरमा चरणवद्ध रूपमा सार्वजनिक भएको हो। सो अवसरमा टाटा मोटर्सका बिनय पाठकले ट्राफिक समस्या तथा वातावरणीय समस्याका लागि यो बस उपयुक्त रहेको बताए।
टुर र ट्राभल अपरेटरहरूका आवश्यकतालाई यसले सम्बोधन गर्ने उनले बताए। ‘यसमा रहेको फराकिलो स्थानले आराम र सुरक्षा प्रदान गर्दछ र नेपालमा यो चर्चित हुने कुरामा ढुक्क छौँ’ उनले भने।
समारोहमा बोल्दै सिप्रदी ट्रेडिङका सिईओ राजनबाबु श्रेष्ठले टाटा मोटर्सले नेपाली बजारमा हिस्सा बढाउँदै लगेको बताए। विक्रीपछिको उच्चस्तरीय सेवा जारी राख्ने प्रतिबद्धता जनाउँदै उनले भने ‘टाटा वीङ्गरले साँघुरो सडकमा आरामदायी यात्राको अनुभुति गराउने छ।’
टाटा वीङ्गर मिनीबस ५४५८ मिमि लामो छ। १५ इन्चको ह्विल क्याप भएको टायरसहित आउँछ जसले सवारी साधनलाई स्टाइलिस देखाउँछ र ग्राउन्ड क्लियरेन्स १८० मिमी दिन्छ। १९०० मिमी र ६.३ इन्चको आन्तरिक उचाइले यात्रुहरूको चाललाई सजिलो बनाउन मद्दत गर्दछ। लामो दूरीको यात्राका लागि, विंगर मिनीबसले ६०० लिटरको पर्याप्त लगेज स्थान उपलब्ध गराउँछ।
आरामदायी पछाडि धकेल्न मिल्ने सिटहरू, व्यक्तिगत वातानुकुलीत भेन्टहरू, सिटको हरेक पंक्तिमा युएसबी चार्जिङ प्वाइन्ट यसमा रहेको छ।
यसको ‘मोनोकोक बडी’ निर्माणले कारजस्तै कम मात्राको ध्वनी र कम्पन (एनभीएच) सुनिश्चित गर्दछ। स्वतन्त्र अगाडिको सस्पेन्सन र हाइड्रोलिक शक एब्जर्वरसहितको एन्टिरोल बारले नझ्याक्ने यात्राको सुनिश्चितता गर्दछ।
यसमा २.२ लिटरको डाइकर इन्जिन छ जसले १०० हर्सपावरको शक्ति र १९० एनएमको फ्ल्याट टर्क दिन्छ। १५ सिट भएको यो सवारीसाधनमा ३ वर्ष वा ३ लाख किमी (जुन अगाडि हुन्छ)सम्मको विस्तारित वारेन्टी छ जसले यसलाई यसको श्रेणीमा सबैभन्दा भरपर्दो र विश्वासिलो भ्यान बनाएको छ।