चालु आर्थिक वर्षको पहिलो ५ महिनामै ४४ अर्ब रूपैयाँभन्दा धेरैको सवारी साधन र पाटपूर्जा आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ को पहिलो ५ महिनामै ४४ अर्व १२ करोड ७८ हजारको सवारी साधन आयात भएको हो।
यो तथ्याङ्क अघिल्लो आर्थिक वर्षभन्दा ८ अर्ब ५४ करोड १ लाख १८ हजारले धेरै हो। आर्थिक वर्ष २०७४/७५ को यही अवधिमा ३५ अर्व ५७ करोड ९९ लाख ६० हजार को सवारी साधन तथा पाटपूर्जा आयात भएको थियो।
त्यसै गरी आर्थिक वर्ष २०७३/७४ को पहिलो ५ महिनामा ४० अर्ब ८८ करोड ३८ लाख ६५ हजारको र आर्थिक वर्ष २०७२/७३ को यही अवधिमा १२ अर्व ७६ करोड ९९ लाख २८ हजारको सवारी साधन तथा पाटपूर्जा आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ।
तथ्याङ्क अनुसार गत आर्थिक वर्षभन्दा यो वर्ष निर्यात भने २ करोड ८४ लाख ६० हजारले घटेको छ।
चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ४ करोड ६३ लाख १३ हजारको सवारीसाधन तथा पाटपूर्जा निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ७ करोड ४७ लाख ७३ हजारको निर्यात भएको थियो।