पछिल्लो समय नेपालमा मोटरसाइकल तथा स्कुटर चढ्नेहरुको संख्या बढ्दो छ।
काठमाडौँ लगायत नेपालका विभिन्न ठूला तथा व्यस्त शहरहरुमा मोटरसाइकल दैनिक आवश्यकताको साधन बनिसकेको कारण मोटरसाइकल प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दो रुपमा रहेको छ।
कामकाजी व्यक्तिदेखि लिएर व्यवसायीहरुलाईसम्म मोटरसाइकल नभइ नहुने भइसकेको छ। सार्वजनिक यातायातको राम्रो व्यवस्था नहुनु मोटरसाइकल तथा स्कुटरको संख्यामा वृद्धी भएको जानकारहरुको भनाई छ।
दैनिक घर–कार्यलय आउजाउ गर्न हिरोका मोटरसाइकल तथा स्कुटर अब्बल मानिन्छन्। हिरो को मोटरसाइकलको मूल्य पनि साधारण कर्मचारीले खरिद गर्न सक्ने छ।
यास्तो छ हिरोको मोटरसाइकल तथा स्कुटरको मूल्य–
मोटरसाइकल/स्कुटर | सिसि | मूल्य |
प्लेजर | १०२ | १,७६,५०० |
मेस्ट्रो एज | ११० | १,९१,५०० |
डोएट भिएक्स | ११० | १,८९,५०० |
एचएफ डिएलएक्स डिआरएस | १०० | १,६६,५०० |
स्प्लेन्डर प्लस | १०० | १,७६,५०० |
आइ स्मार्ट ११० आइ३एस | ११० | १,८३,५०० |
सुपर स्पेन्डर आइ३एस | १२५ | १,९४,००० |
ग्ल्यामर (एसभि) डिआरएस | १२५ | २,०१,००० |
ग्ल्यामर (एसभि) डिएसएस | १२५ | २,०७,००० |
अचिभर डिएसएस आइ३एस | १५० | २,२६,००० |
एक्सट्रिम स्पोर्ट डिएसएस | १५० | २,५१,००० |
एक्सट्रिम २०० आर एबिएस | २०० | २,९५,५०० |