टाटा मोर्टसको ‘टाटा एनआरजी’ धनगडीमा सार्वजनिक गरिएको छ।
सिप्रदी ट्रेडिङले प्यासेन्जर भेइकलको नयाँ उत्पादनका रुपमा ‘टाटा एनआरजी’ रावत कन्सर्न मार्फत सार्वजनिक गरेको हो ।
ग्राहकको बढ्दो माग अनुसार एसयुभीबाट प्रेरित सवारी साधन शुरू गरेको टाटा मोर्टसले जनाएको छ।यसको स्तरीय डिजाइन र प्रविधीका कारण ‘टाटा एनआरजी’ले नयाँ कथा निर्माण गर्ने कम्पनीको दाबी छ।
१.२ लिटरको रिभोट्रोन पेट्रोल इन्जिन रहेको टाटाको एनआरजी ५ स्पिडको म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ।कम्पनीका अनुसार गाडी तीनवटा आकर्षक रंगमा उपलब्ध छ। मालाबार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट र यसमा कालो छत र रूप रेल छ।
आजबाट विक्री शुरू गरिएको टाटा एनआरजी धनगडीको शोरूममा पेट्रोल संस्करण २९.५५ लाखको शुरूवाती मूल्यमा पाउन सकिने कम्पनीको भनाइ छ।