भेष्पा र अप्रिलियाका मोटरसाइकल तथा स्कुटरको नेपालको अधिकारिक वितरक डि लाइफस्टाइल प्रालिले ललितपुरको जावलाखेलमा एक्सचेन्ज क्याम्प सुरु गरेको छ।
यस एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटरको उचित मूल्याङ्कन गरी भेष्पा र अप्रिलियाका जुनसुकै प्रोडक्टसँग साट्न सकिने छ। यसै सन्दर्भमा डि लाइफस्टाइल प्रालिका सेल्स हेड हरि दाहालसँग गरिएको कुराकानी –
एक्सचेन्ज क्याम्प गर्नुको कारण के हो?
विभिन्न कम्पनीहरुले विभिन्न समयमा ग्राहकलाई नजिकबाट नियाल्न यस्ता कार्यक्रम आयोजना गर्छन्। हामी पनि एउटा ब्रण्ड हो । ग्राहकलाई सकेसम्म उनीहरुकै पेरिफेरीमा बसेर उनीहरुले रुचाएको प्रोडक्टको बारेमा नजिकबाट जानकारी दिन हामीले एक्स्चेन्ज क्याम्प गरेका हौँ। यसले ग्राहकलाई अझै सुविधा होस्, ब्राण्ड प्रति लगाव अझै बढोस र हाम्रा ग्राहक पनि बढुन भन्ने हाम्रो उदेश्य हो।
यो एक्सचेन्ज क्याम्प कहिलेसम्म चल्छ?
यो ५ दिनको क्याम्प हो, ११ गते समाप्त। ग्राहकको चाहना बढ्यो भने केही दिन थपिन पनि सक्छ। विहान ९:३० बाट सुरु गर्छौै र बेलुका साढे ६ बजे बन्द गछौँ।
एक्सचेन्ज क्याम्प कति ठाँउमा चलेको छ?
अहिले त जावलाखेलमा मात्र हो । तर हामी केही समय पछि पोखरामा गर्दै छौ। त्यस्तै हामी पुर्वाञ्चल पनि जादैछाैँ। हामीले २–३ महिनामा विभिन्न प्रकारका प्रमोसनका कृयाकलाप गरिरहेका
हुन्छौँ।
एक्सचेन्ज क्याम्पमा ग्राहकले के के सुविधा पाउन सक्छन्?
यो एक्सचेन्ज क्याम्पमा ग्राहकले आफ्ना मोटरसाइकल तथा स्कुटर सगँ भेष्पा र अप्रिलियाको मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सक्नुहुनेछ। ग्राहकको जस्तोसुकै थात्रो, जुनसुकै ब्राण्डको मोटरसाइकल वा स्कुटर को हाम्रा रिकन्डिसन पार्टनरहरुले राम्रो मूल्याङ्कन गर्नेछन्। जस्तोसुकै पुरानो मोटरसाइकलको मूल्याङ्कन् कम्तीमा २५ हजार हुन्छ। त्यस्तै ग्राहकको सहुलियतको लागि हामीले त्यसमा १० हजार पनि थपिदिन्छौँ। यो सँगै हामीले ग्राहकलाई करिव २५ हजार बरावरको एसेसोरिज पनि दिन्छौँ।
कतिवटा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्ने लक्ष छ?
अरु कम्पनीहरु जस्तो हामीले लक्ष राख्दैनौँ। यो ५ दिनमा कम्तीमा २ सय एक्सचेन्ज गर्ने सोच छ।
अन्तिममा, ग्राहकलाई केही भन्न चाहनुहुन्छ ?
सुरु देखिनै ग्राहक वर्गले भेष्पा र अप्रिलियालाई माया गर्दै आउनु भएको छ। हामीले पनि ग्राहकलाई सन्तुष्ट बनाउने प्रयास गरिरहेका छाैँ। उहाँहरुको सन्तुष्टीनै हाम्रो उपलब्धी हो। भेष्पा र अप्रिलिया चढ्दै जानुहोस। हामी पनि हरसम्भव ग्राहकलाई सन्तुष्ट बनाउने प्रयास गरिरहनेछौँ।