नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सोमबारबाट पोखरा–लेखनाथ महानगरपालिकामा यामाहाको नयाँ सोरुम संचालनमा ल्याएको छ ।
एमएडब्लु इन्टरप्राइजेजले विश्वकर्मा अटो वक्र्सको नयाँ शाखामार्फत यामाहा मोटरसाइकल तथा स्कुटरको विक्रीवितरण थालेको हो । यस क्षेत्रमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरप्रतिको क्रेजलाई मध्यनजर गरी नयाँ डिलरसिप सुरु गरिएको कम्पनीले जानकारी दिएको छ।
नया शोरुमको उद्घाटन प्रमुख अतिथि तथा गण्डकी प्रदेशका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक विरेन्द्र बस्याल र विश्वकर्मा अटो वक्र्सका संस्थापक राम प्रसाद श्रेष्ठले संयुक्त रुपमा गरेका थिए।
यामाहाले नेपाली बजारमा विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५भी३, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् । यामाहाले भर्खरै मात्र तेस्रो पुस्ताको आर १५ बजारमा ल्याएको छ जसले युवा राइडरहरुलाई आकर्षित गरिरहेको छ ।