टिभीएस एनटर्क अटो कार इन्डियाले ‘स्कुटर अफ द इयर’ अवार्डद्वारा सम्मानित भएको छ।
स्कुटरमा रहेका बिभिन्न आकर्षक फिचरहरुले युवावर्गको मन जितेकाले यो अवार्ड प्राप्त गरेको कम्पनीले जनाएको छ। यो स्कुटरमा देखिएको पुरुषआकर्षणले स्कुटर महिलाले मात्र चढ्ने सवारी हो भन्ने मान्यतालाई गलत साबित गरेको कम्पनीको भनाइ छ।
यसमा फाइटर जेट स्टाइल, रेस स्पेक इन्स्ट्रुमेन्ट क्लस्टर र थ्रोटल एक्जस्ट नोट जस्ता अन्य थुप्रै आकर्षक फिचर रहेको कम्पनीले बताएको छ।टिभीएसको नयाँ १२५ सीसीको यो स्कुटर डिजाइन स्टिल्थ एयरक्राफ्टको सार्प र एङगुलर लाइनबाट बनेको छ ।
एनटर्क मेट सिरिजमा सेतो, रातो र पहेलो रंगमा र मेटालिका सिरिजमा ग्रे र निलो रंगमा नेपाली बजारमा उपलब्ध छ।
एनटर्कको विएस–४ कम्प्लायन्ट इन्जिनले ९.३ वीएचपीको उच्चशक्ति र १०.५ एनएमपिक टर्क जेनेरेट छ। इन्जिनमा भएका ३ वटा भल्वहरुले स्मुथ र आरामदायी दिने कम्पनीको दाबी छ।
कम्पनीको अनुसार यसको फ्यूल ट्याङ्क ५.५ लिटर छ। यसले प्रति लिटर ३५ देखि ४० किलोमिटरको माइलेज दिन्छ। यसमा जडान गरिएको ब्लुटुथ इन्स्ट्रुमेन्ट ह्यासलफ्रि छ। यो स्कुटर ड्रम ब्रेकमा पनि उपलब्ध छ। यसको बजार मूल्य २ लाख १४ हजार ९ सय रुपैयाँबाट शुरु छ।