एमएडब्लु इन्टरप्राइजेजले कान्तिपथ, जमलमा थप सुविधासहितको यामाहाको ‘अपग्रेडेड’ सोरुम सुरु गरेको छ ।
नयाँ डिलरमा ग्राहकले सेल्स, सर्भिस र स्पेयर पार्टस् सहित एक्सचेन्ज र स्पट फाइनान्सको सुविधा पाउने कम्पनीको भनाइ छ।
नयाँ सोरुमको उद्घाटन मिस नेपाल श्रृंखला खतिवडाले गरिन। एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक अग्रवालले नयाँ सोरुम अझ बढी परिष्कृत, व्यवस्थित र ग्राहकमैत्री हुने दाबी गरेका छन।
हाल स्कुटर सेग्मेन्टमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल बजारमा उपलब्ध छन्।मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५भी३, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् ।