रेनोको नेपालका लागि आधिकारिक वितरक ‘एड्भान्स अटोमोबाईल’ले रेनो डस्टर आरएक्सएस सार्वजनीक गरेको छ।
पेट्रोल भेरियन्टको रेनो डस्टर आरएक्सएस मंगलबारदेखि बिक्री वितरण शुरु गरिएको हो।आरएक्सएसमा स्मार्टफोन भ्वाइस पहिचान प्रणाली, यूएसबी, अक्स इन कनेक्टीभिटी र ७ इन्चको टच स्क्रीन इन्फोटेन्मेन्ट कम्प्याटिबल ब्लुटुथ जडान गरिएको छ।
साथै आरएक्सएस संस्करणमा डबल एयरब्याग, एबीएस, हिल एसिस्ट, इन्जिनमोबिलाइजर, सेन्ट्रललकिङ, चाइल्ड सेफ्टी लक, पावर डोर लक, गन मेटल फिनिस सिङ्गल ह्वील लगायतका फिचर रहेका छन्।
यसमा स्टीरिङ अडियो र फोन नियन्त्रण गर्ने, गियर रिडिङ ल्याम्प र जीपीएस नेभिगेसन जस्ता विशेषता रहेको कम्पनीले जनाएको छ।डस्टर आरएक्सएस संस्करण १.५ डीसीआई इन्जिनद्वारा संचालित छ जसले ८५ एचपीपावर र २०० एनएम टर्क जेनेरेट गर्छ।
यस संस्करणमा एयर कन्डिसनर, हिटर, स्टेरिङ एडजस्टमेन्ट, स्टेरिङ माउन्ट अडियो, पवर सप्लाई पोर्ट, रियर आर्मरेष्ट, इलेक्ट्रीकल्ली एडजस्टेवल रियर भ्यू मिरर लगायतका विशेषता छन् ।
डस्टर एक्सआरएसमा अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक रहेको छ र अलोय ह्वीलसमेत रहेको छ।यसमा उत्कृष्ट इन्जिनियरिङ, स्टाईल, सुरक्षा र सुलभ तथा आरामदायी सुविधाहरु समावेश गरिएको कम्पनीको दावी छ।