विश्वभर पल्सर मोटरसाइकल प्रयोगकर्ताको संख्या १० मिलियन अर्थात १ करोड पुगेको छ।
नेपालका लागि आधिकारिक वितरक हंसराज एण्ड हुलास चन्द कम्पनीले विश्वका विभिन्न ३० देशहरुमा पल्सर प्रयोगकर्ताको संख्या १० मिलियन पुगेको दावी गरेको हो। दुई पांग्रे सवारीमा यो सेल्स रेकर्ड बनाउने पहिलो ग्लोबल ब्राण्ड बनेको कम्पनीले जनाएको छ।
नेपालमा २००२ देखि पल्सर चल्न थालेको हो। आधुनिक डिजाइन र उच्च प्रदर्शन, वितरणमा सहज पहुँच, सेल्स, सर्भिस र स्पेयर पार्टको सहज उपलव्धताले नेपालमा यसको लोकप्रियता बढेको एचएच बजाजको दावी छ।
देशभर २ सय ५० भन्दा बढी सेवासहितका स्पेयर सेन्टर संचालनमा रहेको कम्पनीले जनाएको छ। बजाजले सन् २०१८ मा पल्सर एनएस १६० टिडी र पल्सर १५० टिडी बजारमा ल्याएको छ।