चितवन, माघ २०
महिन्द्राको ‘महिन्द्रा YUVO 415 DI ’ ट्रेक्टर लन्च भएको छ।
तेस्रो एग्रोेटेक अन्तरर्राष्ट्रिय प्रदर्शनी २०१९ मा कृषि मन्त्री दावा दोर्जेले ट्रयाक्टर लन्च गरेको जनाइएको छ।
यसमा भएको शक्तिशाली ४ सिलिन्डर इन्जिन, ट्रान्समिसन तथा हाइड्रोलिक्सले यो गुणस्तरीय रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यसमा ऊच्च लिफ्ट क्षमता, समायोज्य डिलक्स सिट, स्पष्ट लेन्स हेडलाइट्स जस्ता उत्कृष्ट सुविधा छन।
यस महिन्द्रा YUVO 415 DI ले ३० भन्दा बढी कार्यहरु गर्न सक्ने कम्पनीको दाबी छ।