एमएडब्लु इन्टरप्राइजेजले बिहीबारबाट सीतापाइलामा ‘थ्री एस’सहितको नयाँ सोरुम सुरु गरेको छ।
एमएडब्लु इन्टरप्राइजेजको पुरानो डिलर ‘डी एन्ड डी’ अटोलिंकमार्फत ग्राहकले सेल्स, सर्भिस र स्पेयर पार्टस्सहित एक्सचेन्ज र स्पट फाइनान्सको सुविधा पाउने कम्पनीले जनाएको छ।
सोरुमको उद्घाटन श्रृंखला खतिवडाले गरिन। उद्घाटन कार्यक्रममा इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले नयाँ सोरुम अत्याधुनिक, सुविधासम्पन्न र ग्राहकमैत्री भएको दाबी गरे।नयाँ सोरुमबाट यामाहाका मोटरसाइकल र स्कुटरहरुको एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा रहेको कम्पनीको भनाइ छ।
स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल बजारमा उपलब्ध छन। मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५भी३, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन्।
.