निसानको किक्स गाडी यही सातामा नेपाली बजारमा आउने भएको छ।
यही फागुन फागुन ५ गते नेपाली बजारमा लन्च गरिने लागेको नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले जनाएको छ।
पेट्रोल र डिजेल दुवै भेरिएन्टको सो कार नेपाली बजारमा उपलब्ध हुने कम्पनीको दाबी छ।
विशेषता
- सार्प, अपराइट स्टाइलिङ र एजी लाइनका कारण आकर्षक देखिने।
- १७ इन्चको एलोई ह्विल र २१० एमएम ग्राउन्ड क्लियरेन्स।
- सिटलाई सुविधाजनक ।
- १ दशमलमव ५ लिटरको पेट्रोल र डिजेल इन्जिन।
-पेट्रोल इन्जिनले १०४ बीएचपी पावर र २४० एनएम टर्क प्रदान गर्ने डिजेल इन्जिनले १०८ बीएचपी पावर र २४० एनएम टर्क प्रदान गर्ने ।
-ठूलो साइजको टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम, एन्ड्रोइड अटो वा एप्पल कारप्ले सपोर्ट।
-चारवटा एयरब्याग, ब्रेक असिष्ट, हिल स्टार्ट असिष्ट र फर्स्ट इन सेगमेन्ट ३६० डिग्री क्यामेरा ।
-अटो हेडल्याम्प्स र अटो वाइपर्स जस्ता फिचर।
यस गाडीको अधिकतम मुल्य ४८ लाखसम्मको रहने अनुमान गरिएको छ।