नेपालको लागि हुण्डाइको आधिकारीक बितरक लक्ष्मी इन्टर कन्टिनेन्टलले फेमली ह्याचब्याक गाडी ‘दि अल न्यू सेन्ट्रो हुन्डाइ’ पुनः नेपाली बजारमा भित्र्याएको छ।
हुन्डाइ र लक्ष्मी इनटर कन्टिनेन्टलको १० वर्षको साझेदारीको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा गाडी सार्वजनिक गरिएको हो।
बजारको बदलिँदो मागलाई ध्यानमा राखि मोर्डन र स्टाइलिस डिजाइन, आरामदायी र प्रिमियर क्यावेन, ग्राहक केन्द्रित सुरक्षा र उत्कृष्ट पर्फमेन्स सहित गाडी बजारमा ल्याइएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नयाँ स्यान्ट्रोले पुरानो सेन्ट्रो भन्दा बढी क्याबिन स्पेस प्रदान गर्ने छ। गाडीमा १७.६४ सेमि स्मार्ट फोन कनेक्टिभ तथा अडियो भिडियो प्रणाली, रियर पार्किङ क्यामरा, स्टेरिङ्ग माउन्टेड कन्ट्रोल अडियो तथा ब्लुटुथ कन्ट्रोलर र रियल एसी भ्यान्स रहेको छ।
गाडीमा एन्टी लक सिस्टम र इलेक्ट्रोनिक ब्रेक फोर्स रहेको कम्पनीले जनाएको छ।