टाटा मोटर्सले बिराटनगरमा नयाँ शोरुम संचालनमा ल्याएको छ।
टाटा मोटर्सका नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंगको विराटनगरका लागि आधिकारिक वितरक गोयलले बुधबार देखि शोरुम संचालनमा ल्याएका हुन।
शोरुमबाट टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरु उपलब्ध गराइने टाटा मोटर्स अन्तर्र्रािष्ट्रय व्यापारका प्रमुख, सुजन रोयले बताए।
आधुनिक शोरुमसंगै टाटाका विभिन्न मोडेलका कारहरु ( नेक्सन, एनआरजी, जेस्ट, बोल्ट, स्ट्रम, हेग्जा, टियागो र टिगोर) बिक्रिवितरण गर्दा ग्राहकलाई फाइदा पुग्ने कम्पनीको दाबी छ।शोरुमको उदघाटन गोयल अटोका व्यवस्थापकीय प्रमुख, स्नेह गोयलले गरे।
कम्पनीका अनुसार शोरुम हप्ताको सातै दिन विहान साढे ९ बजे देखि बेलुकी ७ बजे सम्म खुल्ने छ। नयाँ शोरुमसंगै टाटाका देशभर २२ बिक्रि केन्द्र र २५ सर्विस सेन्टर रहेका छन् ।