सवारीसाधन तथा स्पेयर पाट्स गतवर्षको तुलनामा ८ अर्व भन्दा बढीको आयात भएको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार यो आर्थिक वर्षको पहिलो ५ महिनामा गत वर्षको पहिलो ५ महिना भन्दा ८ अर्व ५४ करोड १ लाख १८ हजार बढीले सवारीसाधन तथा स्पेयर पाट्स्को आयात भएको छ।
आर्थिक वर्ष २०७४,७५ को पहिलो ५ महिनामा ३५ अर्व ५७ करोड ९९ लाख ६० हजार आयात भएको थियो। आर्थिक वर्ष २०७५,७६ को पहिलो ५ महिनामा ४४ अर्व १२ करोड ७८ हजार आयात भएको छ।
सरकारले अनुत्पादक क्षेत्र भन्दै सवारीसाधन खरिदमा ५० प्रतिशत डाउनपेमेन्ट गर्दापनि आयात भने बढेको छ।