फागुन १० गते हुने ‘महिन्द्रा उदय’ अटो शोमा महिन्द्राका दुई नयाँ गाडी शोकेस गरिने भएको छ।
मेलामा फागुन २ गते भारतीय बजारमा सार्वजनिक भएको महिन्द्राको पहिलो कम्प्याक एसयूभी र केही महिना अगाडिदेखि भारतीय बजारमा उपलब्ध एमपीभी मराजो प्रदर्शन गरिने आयोजकले जनाएको छ।
यी दुबै गाडी नेपाली बजारमा समेत धेरै जानकारी मागिएकाले शोकेस गर्नलागेको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार मेलामा महिन्द्राका नेपाली बजारमा उपलब्ध ३० बढी उत्पादनलाई एउटै छानामुनि शोकेस गर्दै महिन्द्रा ब्रान्ड, यसका उत्पादन, प्रविधी र विकास चरणलाई आमनागरिक समक्ष जानकारी दिइने छ।
प्रदर्शनी १० गतेदेखि १२ गतेसम्म भृकुटीमण्डपमा हुने छ। उक्त मेला महिन्द्राका लागि नेपालको आधिकारीक वितरक अग्नी इन्कर्पोरेट, एमभी दुगड, श्वराज पार्टनर र महिन्द्रा एन्ड महिन्द्राले गर्न लागेको हो ।