निसानको नयाँ गाडी ‘किक्स’ आज देखि बजारमा आएको छ।
निशान मोटर्सको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पको लागि सुनसरीको आधिकारिक वितरक ओम साई मोटो कर्पले गाडी बजारमा ल्याएको प्रबन्ध निर्देशक पारशमणि गेलालले बताएका छन्। उद्योग वाणिज्य संघ ईटहरीका अध्यक्ष शैलेसकुमार विस्टले गाडी लन्च गरे।
किक्स गाडीले आफ्ना ग्राहकलाई विशेष सुविधा सहित आरामदायी सेवा दिने कम्पनीको दाबी छ।
कम्पनीका अनुसार गाडीको फराकिलो भित्री भाग र स्टाइलिष्ट बाहिरी भागले ग्राहकलाई आकर्षित गर्नेछ। गाडी सुरक्षाको हिसावले अब्बल मानिएको छ।
गाडी नेपाली बजारमा ईन्टी लेभलको ४७ लाख ९९ हजार रुपैयाँ र टप लेभलको ५९ लाख ९९ हजार रुपैयाँमा पाईनेछ।यसमा ८ इन्चको टचस्क्रिन छ। यसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्धारा संचालन गर्न सकिने कम्पनीको भनाइ छ।
साथै एलइडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कूल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, गाडी स्टाटको लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र ईबीडी र बीए सहितको एबीएस समावेश गरिएको कम्पनीको भनाइ छ।
यो SUV गाडी डिजेल ईन्जिनमा XL, XV / XV प्रिमियम गरी तिन प्रकारका र पेट्रोल ईन्जिनमा XL र XV गरी दुई प्रकारका रहेका छन्।
यसैगरी किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड गरी ७ ओटा कलरमा उपलब्ध छ।
यसको स्टाइलिस डिजाइनले यसको क्षमता र ड्राइभिङ्ग डाइनामिक्सलाई परिपूरकको काम गरेको समेत कम्पनीले दाबी गरेको छ।
गाडीको पेट्रोल इन्जिनमा १.५ H4K को ५ स्पीड म्यानुअल ट्रान्समिसन र डिजेल इन्जिनमा १.५ K9K DCI को ६ स्पीड म्यानुअल ट्रान्समिसन मा उपलब्ध छन् ।
पेट्रोल इन्जिनले प्रतिलिटर १४.२३ किलोमिटर र डिजेल इन्जिनले प्रतिलिटर २०.४५ किलोमिटर गाडी चल्नसक्ने ARAI ले प्रमाणित गरेको छ।
यी गाडीहरु पायोनियरको नयाँ बिक्रीकक्ष काठमाण्डौं उत्तरढोका र देशभरका बिक्री केन्द्रबाट खरीद गर्न सकिने कम्पनीको भनाइ छ।