रेनाकोे नेपालका लागि आधिकारिक वितरक ‘एड्भान्स अटो मोवाइल्स्’ले रेनो सर्भिस क्याम्पको सुरु गरेको छ।
१२ गते देखि सुरु भएको क्याम्प चैत ५ गतेसम्म नेपालका विभिन्न मुख्य शहरमा आयोजना हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार क्याम्पमा सहभागिले निःशुल्क लेबर चार्ज, १५ प्रतिशत लुब्रिकेन्टमा छुट, एसीमा २०० जिएम रिफिलिङ निशुल्क, स्पेयर पार्टस्मा १० प्रतिशत छुट, निशुल्क भेइकल चेकअप, धुलाई र कोलेन निशुल्क दिइने छ।
क्याम्पमा उपभोक्तालाई गाडीको उत्कृष्ट सर्भिस सेवा प्रदान गरिने कम्पनीको दाबी छ। रेनोले यो सर्भिस क्याम्पको थिम ‘ड्राइभ बेटर, लिभ बेटर’ रहेको छ। सर्भिस क्याम्प देशका प्रमुख शहरमा उपलब्ध हुनेछ।