यस वर्षको मोटोजिपी रेसिङ सिजनको सुरुवाती रेस कतारबाट सुरु हुने भएको छ।
रेस मार्च १० बाट सुरु गरिने आयोजकले जनाएको छ।आयोजकका अनुसार रेसको सुरुदेखिनै पियोजियो गु्रपको अप्रिलिया रेसिङ टिमसंग अन्तर्राष्ट्रिय साझेदारका ग्लोबल लुब्रिकेन्ट आइकन गल्फ लुब्रिकेन्टसले आउने धेरै वर्षको सिजनका लागि पार्टनरसिप सम्झौता गरेको छ।
मोटोजिपी विश्वकै लोकप्रिय बाईक रेस हो। यसलाई सर्वमान्यरुपमा रेसिङ बाइकको क्षमता र गुणस्तरीयता मापन गर्ने रेसको रुपमा लिइन्छ।
रेसिङको यस वर्षको सिजनमा पाँच महादेशमा १९ चरणको रेस हुनेछ। बाईकको सवै महत्वपूर्ण पार्टस, टायर, लुब्रिकेन्टस र चालकको क्षमता र गुणस्तरीयताको मापन हुने जनाइएको छ।
अप्रिलिया तथा गल्फले मोटोजिपी मोटरबाइक रेसिङ्गको लागि सम्झौता पश्चात अप्रिलिया रेसिङ्ग टिमसंगै गल्फको उपस्थिति हुने छ ।
फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो। पियाजियो गु्रप अन्तर्गत भेस्पा, अप्रिलिया, गिलेरा र मोटोगुजीका साथै पियोजियो बा्रन्ड पर्छन ।