भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर माहासेठले ३०० बिजुलीबस सोझै खरिद गर्न जोड गरेका छन।
गत बुधवार विकाश तथा प्रविधि समितिको बैठकमा उनले ३ सय विद्युतीय गाडी सोझै खरिद गर्ने राय सार्वनजिक गरेका हुन्।
‘हामी विद्युतीय गाडी किन्ने तयारीमा छौँ, संभवत ‘जिटुजी’ माध्यमबाट किन्छौँ’ उनले भने।
उक्त गाडी यातायात प्रधिकरणले संचालन गर्ने उनले बताए। प्रधानमन्त्री कार्यालयले पनि विद्युतीय गाडी खरिद र संचालनको लागि तयारी गरिरहेको छ।
उता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकै कर्मचारीहरुले भने यसलाई तयारी बिनाको घोषण भनेका छन्। विद्युतीय सवारीका मेकानिक, विज्ञ, चालक, चार्जिङ स्टेसन लगायत धेरै कुराको व्यवस्थापन नभएको मन्त्रालयका एक उच्च अधिकारीले बताए।
गत पुस १२ गते मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले ३०० विद्युतीय बस खरिद गर्ने प्रक्रिया अघि बढाउने निर्णय सार्वजनिक गरेका थिए।
त्यस लगत्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर माहासेठले बैसाख १ गतेसम्ममा ती विद्युतीय बस संचालनमा ल्याइने दावी गरे।