यामाहाको अफरोड मोटरसाइकल ‘यामाहा एक्सटीजी १२५’ नेपालमा सार्वजनिक गरेको छ ।
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरका आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले मोटरसाइकल सार्वजनिक गरेको हो।
‘मे योर ओन रोड’ अर्थात् ‘आफ्नो बाटो आफैं बनाउनुस्’ नारा सहित सार्वजनिक गरिएको एक्सटीजी १२५ पहिलो पटक नाडा अटो सोको पछिल्लो संस्करणमा प्रदर्शन गरिएको थियो।
नयाँ मोटरसाइकलको मूल्य तीन लाख ९९ हजार नौ सय रुपैयाँ तोकिएको छ।यो मोटरसाइकलले अफरोड मोटरसाइकलको मागलाई सम्बोधन गर्ने एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले बताए।
कम्पनीका अनुसार यामाहा एक्सटीजी १२५ मा १२४ सीसीको एअर कुल्ड, फोर स्ट्रोक, सिंगल सिलिन्डर (एसओएचसी) इन्जिन रहेको छ जसले ७५०० आरपीएमा अधिकतम १०.२ पीएस पावर र ५५०० आरपीएममा अधिकतम ९.९ एनएम टर्क उत्पन्न गर्छ ।
यो कार्बुरेटेड मोटरसाइकलमा ५ स्पिडको गियर बक्स र एयर कलिङ सिस्टम र इलेक्ट्रिक तथा किक स्टार्ट रहेको कम्पनीको भनाइ छ ।एक्सटीजी १२५ मा १०.६ लिटरको फ्युल ट्यांक छ। जसले लामो अफरोड यात्रामा निस्कन सहज हुने कम्पनीले जनाएको छ।
नयाँ एक्सटीजी ब्लु, ब्ल्याक र ह्वाइट गरी तीन आकर्षक कलरमा उपलब्ध हुनेछ।एक सय १८ केजी वजन भएको एक्सटीजी १२५ को ग्राउन्ड क्लेरेन्स २६० एमएम छ। यसको सिट हाइट ८४० एमएम रहेको छ । यसको अगाडि टेलिस्कोपिक सस्पेन्सन छ। पछाडि मानोक्रस सस्पेन्सन रहको छ।
अगाडिको ह्विल २१ इन्च र पछाडिको १८ इन्च छ।दुवै ह्विलमा स्पोक एरेन्जमेन्ट राखिएको छ।एक्सटीजी १२५ मा सेमी–रग्ड टायर, हेलोजिन हेडल्याम्प, फ्रन्ट डिस्क ब्रेक र स्पोर्टी ग्राफिक्ससहितको प्लास्टिक प्यानेल रहेका छन्।साथै, यसमा अन्डरसाइड कभर रहेको छ जसले इन्जिनलाई बाह्य क्षति हुनबाट बचाउँछ।
राइडरको सहजताका लागि यसमा स्पिडोमिटर र ट्रिप मिटरसहितको इन्स्ट्रयुमेन्ट प्यानल, चौडा र बाक्लो कुसन सिट र पछाडि कार्गो बक्स वा अन्य सामान बोक्न मिल्ने गरी बलियो क्यारियर पनि जडान गरिएको कम्पनीको भनाइ छ।