टोयोटाको नयाँ एसयुभी ‘रस’ सफलतापूवर्क मुस्ताङ पुगेको छ।
हरेक प्रकारको सडकमा शानदार प्रदर्शनको दावी गरेको कम्पनीले ७ वटा रस मुस्ताङसम्म पुर्याएको हो।फागुन २० देखि काठमाडौंबाट शुरु भएको यात्रा खराव पहाडी सडकमा कुनै समस्या र रोकावट बिना मुस्ताङ पुगेर २६ गते पोखरामा आफ्नो यात्रा सम्पन्न गरेको कम्पनीले जनाएको छ।
‘रस टु मुस्ताङ’मा सहभागी टोलीले, टोयोटाको पोखरा स्थित डिलर अटो ओयज प्रालिको शोरुमबाट पुनः ¥यालीको आयोजना गर्यो।
र्याली आयोजना पछि १५ टोयोटा रस गडीको सोरुम बुकिङ भएको छ।टोयोटाको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता ‘युनाइटेड ट्रेड सिण्डिकेट’का सदस्य र विभिन्न मिडियाकर्मीहरुको संयुक्त सहभागितामा यात्रा सफल भएको हो।
नेपालमा टोयोटाले आफ्नो ५० वर्ष पूरा गरिसकेको छ।