नेपालको लागि हुण्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टलले ‘हुन्डाई ओपन गल्फ टुर्नामेन्ट २०१९’ को आयोजना गर्ने भएको छ।
उक्त टुर्नामेन्ट यही १ र २ गते ग्लिनीग्लोस डिजाइन गोकर्ण गल्फ क्लबमा हुने जनाइएको छ।टुर्नामेन्ट १८ होलमा स्टेबल फोल्ड फम्र्याटमा र ¾ ह्यान्डीक्यापमा खेलीने छ।
नेपालका १३० गल्फर्सहरुले टुर्नामेन्टमा प्रतिस्पर्धा गर्ने आयाृजकले जनाएको छ।टुर्नामेन्टमा टाइटल विनर (पहिलो), बेस्ट ग्रोस(दोस्रो), आदी बिभिन्न बिधामा बिजेता छानिने छ।
साथै होल इन वान बिजेतालाई उपहार स्वरूप एक थान ‘द अल निउँ हुन्डाई सेन्ट्रो’ गाडी प्रदान गर्ने घोषणा गरीएको छ।