होण्डाको ‘होण्डा नेपाल ड्रिम कप २०१९’ रेसिङ्ग च्याम्पेनशिप सम्पन्न भएको छ।
सडक दुर्घटनालाई कम गर्न होण्डाले राइडरहरुलाई आफ्नो स्किल देखाउन मञ्च प्रदान गरेको जनाएको छ।
अन्तर्राष्ट्रिय स्र्पोटिङ्ग कोड ‘इन्टरनेश्नल दि मोटरसाइक्लीजम(एफआइएम),नेपाल अटोमोबाइल स्पोर्टस् एशोसियसन, नेपाल मोटरसाइकल फेडेरेसन र संप्लीमेन्ट्री रेगुलेन २०१९ अन्तर्गत आयोजित यस च्याम्पेनशिप मोटोजिपी र डब्लूएसबिके रेसिङ्ग फर्माटमा आधारित थियो।
उक्त फम्याटमा राइडरहरुलाई आफ्नो रेस स्थान अनुसार अङ्क दिइएको आयोजकले जनाएको छ। सबै भन्दा बढी अङ्क संकलन गर्ने राइडरले प्रथम स्थान प्राप्त गरेको आयोजकको भनाइ छ।
च्याम्पेनशिप तीन राउन्डमा सम्पन्न भएको थियो।पहिलो राउण्डमा ३७ जना प्रतियोगीहरुको सहभागिता रहेको उक्त च्याम्पेनशिपको दोस्रो राउण्डमा ४१ जना र अन्तिम राउण्डमा २९ जना सहभागी थिए।
फाल्गुन २४ र २५ गते सम्पन्न फाइनल रेसमा उजेन बताजुले ऋद्यच् द्दछण्च् अन्तर्गत फास्टेस्ट ल्याप रेकर्ड राखे।१४९– १६५ सिसी अन्तर्गत राजकुमार कार्कीले फास्टेष्ट ल्याप टाइममा रेस पूरा गरेका थिए।
फाइनल रेसमा, उजेन बताजु पहिलो स्थान हात पार्न सफल भएका थिए भने राम बिक्रम थापाले दोस्रो र विभेस श्रेष्ठ तेस्रो भएका थिए।तेस्रो रेसबाट ५८ अङ्क संकलन गरी विभेस श्रेष्ठ होण्डा नेपाल ड्रिम कप सिजन १ को च्याम्पेन बनेका हुन।
त्यसैगरी आशिक लामा ३७ अङ्कका साथ उक्त च्याम्पेनशिपको उपविजेता बने। विभेस श्रेष्ठ र आशिक लामाले अगामी होण्डा इण्डिया ड्रिम कपमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त गरेको कम्पनीको भनाइ छ।
प्रतिस्पर्धात्मक विधामा राजकुमार कार्कीले पहिलो स्थान प्राप्त गरेका थिए भने सुजय गोपालीले दोस्रो र लक्ष्मण बिक्रम थापाले तेस्रो स्थान प्राप्त गर्न सफल भएका थिए।