नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बिहीबारदेखि एक्स्चेन्ज कार्यक्रम संचालन गरेको छ।
चैत ५ गतेसम्म चल्ने हुण्डाई एक्सचेन्ज कार्यक्रममा विभिन्न अफरहरु समेत राखिएको कम्पनीले जनाएको छ। कार्यक्रम चलेकै ठाउँमा ग्राहकले आफ्नो साधनको नयाँ भ्यालुएसन गराई तुरुन्त एक्स्चेन्ज गर्न सक्ने कम्पनीले जनाएको छ। बिहानको १० बजे दखि साँझको ६ बजे सम्म हुण्डाई एक्स्चेन्ज कार्यक्रम संचालन हुनेछ।
कम्पनीका अनुसार सहज रुपमा फाइनान्स तथा बीमाको व्यवस्था, एक्स्चेन्ज गर्दा आकर्षक नगद छुटसँगै लोयल्टी बोनसजस्ता अफरहरु राखिएको छ।
नयाँ सवारी साधनमा १ लाख ५० हजार रुपैयाँसम्मको एक्स्चेन्ज बोनस, ४ बर्षको निशुल्क सर्भिस, ३ बर्षकोे वारेन्टी समेत दिइने छ। यी बाहेक एक्स्चेन्ज अवधिभर हुण्डाई अल न्यू सेन्ट्रोसँग कुनैपनि गाडिको एक्स्चेन्जमा विशेष अफर राखिएको कम्पनीको भनाई छ। सेन्ट्रोको प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहारहरु प्रदान गरिने छ।
लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रवन्धकरुपेश शर्मा भट्टले देश व्यापी एक्स्चेन्ज कार्यक्रमले ग्राहकहरुलाई आफ्नो सवारी साधनको अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्ने बताए।